रुसी सेनामा नेपालीलाई भर्ना हुन उक्साउनेमाथि कारबाही हुन्छ : रक्षामन्त्री खड्का

काठमाडौ. । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्। उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रिय सभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सो कुरा बताएका हुन्। उनले नेपाली नागरिकहरू द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा…