पाँचथर–काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्यसमिति चयन

पाँचथर–काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्यसमिति चयन


काठमाडौं । नेकपा(एमाले)को पाँचथर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा पुनः दिनेश खतिवडा चयन हुनुभएको छ । आज सम्पन्न भएको १३ औं अधिवेशनबाट खतिवडाको अध्यक्षतामा ३१ सदस्य कमिटी चयन भएको हो ।
काठमाडौंको सुकेधारा स्थित एक पार्टी प्यालेशमा सम्पन्न उक्त अधिवेशनको उपाध्यक्षमा राजु चेम्जोङ र इश्वरा लिङ्देन चयन हुनुभएको छ । त्यस्तै सचिवमा गणेश तिम्सिना चयन हुनुभएको छ भने उप–सचिवमा टिकादेवी पाखरेल र पवन घिमिरे चयन हुनुभएको छ । त्यसैगरि कोषध्यक्षमा वलबहादुर तामाङ चयन हुनुभएको हो ।
सदस्यहरुमा डिल्ली वेघा, भानु खरेल, विष्णु शंकर, दिनेश तामाङ, सलिन तामाङ, संविज तामाङ, इन्द्र बहादुर रिजाल, धन प्रसाद सुब्बा आङ्देम्वे, राजकुमार निरौला, विनय खतिवडा, हरि प्रसाद लावती, प्रेम कार्की, वचन फियाक, सिमा श्रेष्ठ, रमेश अधिकारी, गोपाल प्रसाद पोखरेल, नरेन्द्र कुमार तामाङ, यज्ञ खत्रीलगायत चयन हुनुभएको हो ।
पार्टी केन्द्रीय उपमहासचिव प्रदिवकुमार ज्ञावालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममाको खुल्ला सत्रको कार्यक्रममा कोशी प्रदेश सचिव राजकुमार भण्डारीसहिच पाँचथरबाट चयन भएको कोशी प्रदेश सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी पाँचथरका कार्यवहाक अध्यक्ष विमल सापकोटा, केन्द्रीय कमिट सदस्य डम्बरसिंह सम्बाहाम्फे, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अइन्द्र सुन्दर नेम्बाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?