मन्त्रालय भागबन्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

मन्त्रालय भागबन्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

Appharu Pvt Ltd

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

‘अहिले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग छलफल हुँदैछ, त्यो बैठकले मन्त्रालय टुंग्याउने तयारी छ’, बालुवाटार स्रोतले भन्यो ।

सोमबार नै बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।

उनीहरुले बनाएको खाकामाथि शीर्ष तहमा छलफल हुन लागेको स्रोतको भनाइ छ । मन्त्रालय भागबण्डामा सहमति जुटाउने तयारी भए पनि सोमबार भने तीन जनाले मात्र विना विभागीय मन्त्रीको शपथ लिनेछन् ।

राष्ट्रपति कार्यालयलाई पाँच बजेभित्र शपथको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले सूचना पठाएको बालुवाटार स्रोतले बताएको छ । सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले शपथ लिने तयारी भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?