जर्दारीद्वारा पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथग्रहण

जर्दारीद्वारा पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथग्रहण

Appharu Pvt Ltd

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनले शपथग्रहण गरेका हुन् । 

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराए । यसअघि शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको विरुद्धमा ४११ मत ल्याएर विजयी भएका थिए । 

सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसद्का दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे। पूर्वी पन्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गरेका थिए ।  दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?