केट मिडल्टनको फोटोमा छेडछाडको आशंका

केट मिडल्टनको फोटोमा छेडछाडको आशंका

Appharu Pvt Ltd

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायतका राजकुमार विलियमकी पत्नी केट मिडल्टनको हालै मात्र पेटको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि लामो समयसम्म सार्वजनिक रुपमा देखा नपरेकी उनको एउटा तस्बिर मदर्स डेको दिन सार्वजनिक गरिएको थियो । राजकुमार विलियमसँग केटको सम्बन्ध बिग्रिएको अफवाह चलिरहेको बेलामा आएको यो तस्बिरले अनेक आशंका उब्जाएको छ ।

तीन सन्तानसँग केटको यो तस्बिरमा छेडछाडको आशंका उब्जिएपछि चार फोटो एजेन्सीहरूले यो तस्बिर हटाएका थिए । यो फोटो विलियमले खिचेको भनिएको छ । फोटो केन्सिङ्टन प्यालेसले निकालेको थियो । एजेन्सीको फोटोसम्बन्धी मापदण्डमा नपरेको भन्दै सुरुमा एसोसियटेड प्रेसले यसलाई हटाएको थियो । त्यसपछि अन्य न्यूज एजेन्सीहरूले पनि फोटो हटाए । यसबारे केन्सिङ्टन दरबारले कुनै प्रतिक्रिया दिएको छैन ।

१३ दिनको अस्पताल बसाईपछि जनवरी २९ मा केट अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनी पश्चिम लन्डनस्थित विन्डसर महलमा आराम गरिरहेकी बताइएको छ । केटको अवस्थाबारे दरबारले थोरै मात्रै जानकारी दिएको छ । मदर्स डेमा शल्यक्रिया पछि केटको पहिलो फोटो सार्वजनिक गरिएको थियो । यो तस्बिरमा केट मुस्कुराइरहेकी देखिन्छिन् । तस्बिरमा केटलाई घेरेर जर्ज, चार्लोट र लुईस बसेका छन् । यो तस्वीर वेल्सका राजकुमार र राजकुमारीको सामाजिक सञ्जाल एकाउन्टमा पोष्ट गरिएको थियो ।

शाही परिवारले विशेष अवसरमा आफ्ना फोटो सार्वजनिक गर्ने गरेका छन् । यो तस्बिरमा केटको काँध देखिएको छैन । अनि उनको औंलामा औठी पनि छैन । उनको हातहरू असामान्य तरिकाले फैलिएको बताइएको छ । लामो समयसम्म सार्वजनिक रुपमा केट देखा नपरेपछि उनको स्वास्थ्य र विलियमसँग उनको सम्बन्धबारे हल्ला चल्न थालेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?