देउडा गीत एक गिलास दूध ‘चुचाईदे’

देउडा गीत एक गिलास दूध ‘चुचाईदे’


काठमाडौं । देउडा गीत एक गिलास दूध ‘चुचाइदे’ बोलको गीत सार्वजनिक भएको छ। मीन प्रकाश ओलीको शब्द र संगीत रहेको गीतमा मीन प्रकाश ओली र पुष्पा बोहराको स्वर छ। जीवन बडुले गीतको मिक्सिङ तथा मास्टरिङ र संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा दैनिक मादक पदार्थ सेवनले घरपरिवारमा निम्तिएको कलह र त्यसको असरलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा अर्जुन तिरुवा, पुजा सोनी र बाबुराम सुनारले अभिनय गरेका छन्। गीत मिडियाकर्मी विष्णु ठकुरीको छायांकन, निर्देशन र सम्पादनमा बनेको छ।

सुजन बाबु गुरुङले नृत्य निर्देशन गरेको गीतको गितारमा रिजन बडु, बाँसुरीमा रत्न फ्लुते छन्। भिडियो खप्टड डिजिटल म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?