नेपालगञ्ज–जनकपुर सिधा हवाइ उडान

६ माघ जनकपुर । नेपालगञ्जबाट जनकपुरसम्म हवाइ उडान सुरू भएको छ । यति एयरको एटिआर ७२ विमान ७२ जना यात्रु बोकेर शनिबार नेपालगञ्ज विमानस्थलबाट जनकपुर पुगेको थियो । नेपालगञ्जबाट जनकपुरका लागि उडेको पहिलो विमानमा लुम्बिनी प्रदेश सरकारी शहरी विकास मन्त्री कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी…