मन्त्रालय भागबन्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डा टुंगो लगाउन सोमबार दिउँसो बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबन्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । ‘अहिले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग…