सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन

सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन् ।

सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन् । उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन् । सभामुखले सरकारलाई यही २१ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिन मिति नै तोकेर रुलिङ गरेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कार्वाही अवरुध्द गर्ने प्रयाश गरेका थिए । त्यसपछि सभामुखले रुलिङ गरेका हुन् ।

सदनमा आफूहरुले बारम्बार उठाउँदै आएको बालकुमारी घटनामा आरोपति मन्त्री सहित स्वास्थ्य मन्त्रीको राजीनामा, मिटरव्याजी पीडित र लघुवित्त पीडितका समस्या एवं दुग्ध किसानको समस्या सडकबाट सदनसम्म आउँदा पनि सरकार मौन रहेको र आफूहरुले उठाएको विषयमा सरकारले महत्व नदिएको भन्दै उनिहरुले विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?