पाकिस्तानमा राष्ट्रपति चुनावको तयारी सुरु

पाकिस्तानमा राष्ट्रपति चुनावको तयारी सुरु


काठमाडौं । पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ । आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका लागि चुनावी कार्यतालिका जारी गर्ने तयारीमा जुटेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसा मार्च १ तारिखमा राष्ट्रपति पदको चुनावी कार्यतालिका प्रकाशित हुने सम्भावना रहेको छ । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारीको सम्भावना रहेको छ । उनी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का नेता हुन् । ‘एक्सप्रेस ट्रिब्युन’ को समाचार अनुसार राष्ट्रपतिको निर्वाचनको महत्वपूर्ण पक्ष इलेक्टोरल कलेज फेब्रुअरी २९ मा सार्वजनिक हुने छ । गठन हुने भएको छ । त्यसपछि निर्वाचन आयोगले मार्च एकमा राष्ट्रपति निर्वाचनको औपचारिक कार्यक्रम र सार्वजनिक सूचना जारी गर्नेछ ।

फेब्रुअरी २९ सम्ममा चारवटै प्रदेश सभाहरू अस्तित्वमा आउने र त्यसपछि राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक निर्वाचक मण्डल गठनको काम पूरा हुने निर्वाचन आयोगका प्रवक्तालाई उद्धृत गर्दै साम टिभीले जनाएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेता शहबाज शरीफको नेतृत्वमा केन्द्रमा छ दलीय गठबन्धनले नयाँ गठबन्धन सरकार गठन गर्ने तयारी गरेको छ । पीएमएल–एनले पाकिस्तान पिपुल्स पार्टी ९पीपी० का आसिफ अली जर्दारीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । जरदारी यसअघि सेप्टेम्बर २००८ देखि २०१३ सम्म पनि पाकिस्तानको राष्ट्रपति थिए । फेब्रअरी ८ मा भएको निर्वाचनले त्रिशंकु नतिजा सार्वजनिक गरेको थियो । कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेनन् ।

त्यसपछि पीएमएल–एन र पीपीपीले गठबन्धन गर्ने निर्णय गरेका थिए । यो गठबन्धन पीपीपीका आसिफ अली जर्दारीले राष्ट्रपति पद पाउने शर्तमा बनेको हो । पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजले पञ्जाब प्रान्तको मुख्यमन्त्रीको पद पाएकी छिन् । संविधानको धारा ४१ बमोजिम निर्वाचन सम्पन्न भएको ३० दिनभित्र राष्ट्रपतिको निर्वाचन हुनुपर्ने व्यवस्था छ । यसको अर्थ राष्ट्रपतिको निर्वाचन फेब्रुअरी ९ अघि हुनेछ । डन अखबारको एक समाचारले यसअघि निर्वाचन आयोगले मार्च ९ वा १० मा राष्ट्रपतिको निर्वाचन गराउन तयार रहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?