बैकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा ३८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको १४ करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ बैंक तथा फाईनान्स कम्पनीहरुमा संस्थागत निक्षेपकोरुपमा लगानी गर्न लागिएको हो । लगानी गरिने कुल रकम मध्ये पेन्सन तथा उपदान कोष अन्र्तगतको १४ करोड रुपैयाँको परिपक्व हुने अवधि तीन सय ६६ दिन अर्थात बिसंं २०८० चैत्र २ गते देखि २०८१ चैत्र १ गते तोकिएको छ । रकम लगानीको लागि यही फागुन २० गते भित्र आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर बोलकबोल पेस गर्नु पर्ने छ ।

लगानी गरिने कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि बाँणिज्य बैंकहरुको लागि ११ करोड २० लाख, बिकास बैंकहरुको लागि दुई करोड १० लाख र फाईनान्स कम्पनीहरुको लागि ७० लाख रुपैंयाँ छुट्याईएको छ । यसैगरी कर्मचारी सुरक्षण कोष अन्र्तगत भने २४ करोड रुपैयाँ लगानीको लागि छुट्याईएको छ । लगानी अवधि तीन सय ६६ दिन अर्थात २०८० चैत्र दुई गते देखि २०८१ चैत्र एक गते तोकिएको रकम लगानीको लागि फागुन २० गतेसम्म बोलकबोलव पेश गर्नुपर्ने छ । लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १९ करोड २० लाख, बिकास बैंकहरुको लागि तीन करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २० लाख रुपैंयाँ छुट्याईएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा ९एन।पी।ए० कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?