टिपर, बस र बोलेरो जीप ठोक्किएर तीन जनाको ज्यान गयो

टिपर, बस र बोलेरो जीप ठोक्किएर तीन जनाको ज्यान गयो


मोरङ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो। दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।
उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ यदुकान्त र दीपालाई चिकित्सकले मृत घोषित गरेका थिए। कृष्णको उपचारका क्रममा बिहान ८स्५५ बजे न्युरोमा मृत्यु भएको हो। दुर्घटनामा परेर अरु २ जना घाइते भएका छन्।
घाइतेहरु कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरोमा उपचार भइरहेको छ। घाइतेमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको अस्पताललाई उद्रित गर्दै प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६स्३० बजेतिर भयानक दुर्घटना भएको हो। प्रहरीका अनुसार मृतक र घाइते ५ जना नै बोलेरो जीपमा सवार थिए। दुर्घटनामा घाइते भएका उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरतर्फ पठाएको थियो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो। बोलेरो बसको पछिपछि आउँदै थियो।
प्रहरीका अनुसार घाइते हरि मृतक दीपाका पति ९श्रीमान० हुन् भने घाइते गायत्री मृतक यदुकान्तकी पत्नी ९श्रीमती० हुन्। मृतकमध्ये कृष्ण बोलेरो चालक रहेको जानकारी प्रहरीले दिएको छ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ। टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ। बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। बसमा सवार सबै जना सकुशल रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुर्घटनामा परेका सवारीसाधनलाई जेसीबीको प्रयोग गरेर सडकबाट हटाइएको छ।
दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको जानरकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?