सङ्कल्प यात्राको समापन र केही सकारात्मक सन्देशहरु

सङ्कल्प यात्राको समापन र केही सकारात्मक सन्देशहरु


नरबहादुर गुरुङ
नेकपा (एमाले)को आयोजनामा गत २०८० मंसिर १४ गतेदेखि पुष १ गतेसम्म १८ दिन लामो बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा २०८०’ सम्पन्न भएको छ । यस यात्रामा २६ वटा जिल्लाहरुका २५० गाउँ वस्तीहरुका जनतासँग पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत शीर्ष नेताहरुले प्रत्यक्ष साक्षात्कार गर्दै पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको १७७८ किलोमिटर यात्रा पूरा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको नामबाट प्रारम्भ भएको मध्यपहाडी लोकमार्ग नेकपा ९एमाले०कै दूरदृष्टि र योजनामा २०५८ सालमा योजना आयोजमा समावेश गरी २०६५ सालदेखि सुरुआत भएको राजमार्गको काम आजसम्म आइपुग्दा ७७ प्रतिशत सम्पन्न भइसकेको छ । देशमा सरकार स्थिर नहुनु, भएको सरकारसँग स्पष्ट दृष्टिकोण नहुनु, योजना नबन्नु, बजेट विनियोजनमा कन्जुस्याई गर्नु, संकीर्णतावादी सोचका कारण आज मध्यपहाडी लोकमार्गको बाँकी काम ठप्पजस्तै भएको छ ।

नेकपा ९एमाले०को नेतृत्वमा गठन भएको लोकप्रिय सरकारलाई देशी विदेशी शक्तिको बलमा २०७८ साल असार २९ गते परमादेशको नाममा अपदस्त गरेपछि बनेको कठित गठबन्धन सकारले सत्ता सम्हालेपछि मुलुकले भोग्नु परेको महङ्गी, भ्रष्टाचार, अनियमितता, बेथिति, राष्ट्रियतामाथिको खतरा, बेरोजगारीमा वृद्धि, युवा पलायन, सामाजिक असुरक्षा, धार्मिक, साम्प्रदायिक हिंसा, अभाव र निराशाले ग्रस्त भएको वर्तमान अवस्थालाई बुझ्दै नेकपा ९एमाले०ले तय गरेको मध्यपहाडी सङ्कल्प यात्राले धेरै सकारात्मक सन्देश छोड्न सफल भएको छ ।

यस यात्रालाई चीनका कमरेड माओको नेतृत्वमा १९३४ मा चलाइएको एक वर्षे यात्रा ‘लङ्ग मार्च’ सँग पनि तुलना गरेको बुझिन्छ । बजारमा फुर्सदिला मानिसहरुको सकारात्मक वा नकारात्मक टिप्पणीले जे गरेपनि नेकपा ९एमाले०लाई त्यता अल्मलिने समय थिएन र आफ्नो अभियानलाई अघि बढाई रह्यो ।

वास्तवमा नेकपा (एमाले)ले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० अभियान सञ्चालन गर्नुका मुख्य उद्देश्यहरु निम्न थिए ।

१. मध्यपहाडबाट भइरहेको तीब्र बसाईसराईंका कारणहरुको पहिचान र समाधानको खोजी ।

२. सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग ।

३. पार्टी स्थापनाको ७५औं वर्षको समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान र अग्रजहरुको सम्मान ।

४. सवल राष्ट्र र समृद्धि प्राप्ति हुन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि ।

५. जनसम्बन्ध विस्तार र जनगुनासा एवं जनतका सुझाव सङ्कलन ।

६. सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय ।

उपर्युक्त उद्देश्यहरु प्राप्त गर्ने लक्ष्यसहित नेकपा ९एमाले०को राष्ट्रिय अभियान सम्पन्न भएको छ । यस अभियानलाई असफल बनाउन विभिन्न शक्तिहरुले विभिन्न खाले बाधा अवरोध गरेपनि त्यस्ता अवरोधहरु पन्छाउँदै पाँचथरको फिदिममा २०८० मंसिर ३० गते ऐतिहासिक र भब्य मानवसागर उर्लिएर एमालेको अभियानमा सहभागी भएका छन् ।

कथित पहिचानवादीहरुले कार्यक्रम असफल बनाउन मंसिर २७ गतेदेखि पुष १ गतेसम्मको बन्दको आव्हान होस् वा धनरानमा थरगत विशेष भेला गराएर एमालेको कार्यक्रममा उपस्थित नहुने उर्दी किन नहोस्, मंसिर २७ गते फिदिम बजारमा पहिचानवादी स्वयंसेवकको लाठी प्रदर्शन किन नहोस्, वा २९ गतेदेखि ठाउँ ठाउँमा बाटो अवरोधन गर्ने, रुख काटेर छेक्ने, ढुङ्गामुढा गर्ने, सवारी चालकहरुलाई सवारी नचलाउन धाकधम्की दिने, स्वागतद्वार भत्काउने, नक्कली बम बाटोमा राख्ने आदीजस्ता लोकतन्त्रविरोधी हर्कत गरेपनि जनताको अपार समर्थन रहेको नेकपा ९एमाले०को शक्तिसामु निकम्मा सावित भयो ।

कसैकसैले अपेक्षा गरेजस्तो नेकपा ९एमाले० भर्सेस पहिचावादी भीडन्त एमालेको स्वयम् अनुशासित युवा कार्यकर्ताहरुका कारण हुन पाएन । साथै एमालेको यो अभियान कसैप्रति लक्षित पनि थिएन । ३० गतेको भब्य जनसागरवीच पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि भोलिपल्ट पुष १ गते पाँचथरको चिवाभञ्ज्याङ ९पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको प्रस्थान विन्दु०मा समापनको स्तम्भ राख्दै राष्ट्रिय झण्डाको झण्डोत्तलन गर्नुभएको छ ।

कार्यक्रम तालिकाअनुसार मंसिर ३० गते फिदिमको जनसभालाई सम्बोधन गर्दै भोलिपल्ट विहान मेची राजमार्गहुँदै गणेचोकबाट मध्यपहाडी लोकमार्गको अध्ययन अवलोकन गर्दै च्याङथापु बजारमा कोणसभालाई सम्बोधन गर्ने र चिवाभञ्ज्याङमा सपमान गर्ने कार्यक्रम तय भएपनि फिदिमबाट १०२ किमी सडकमध्ये ५८ किमी कच्ची सडक साथै प्रतिकूल मौसम र स्वास्थ्यका कारण श्रद्धेय अध्यक्ष केपी शमौ ओली फिदिमबाट हेलिकप्टरमार्फत चिवाभञ्ज्याङ पुग्नु भई कार्यक्रमको विधिवत समापन गर्नुभएको थियो भने सोही दिन च्याङथापू बजारमा कोणसभालाई पार्टीका उपमहासचिव कमरेड क। प्रदीप ज्ञवालीद्वारा सङ्कल्प यात्राको औचित्य, महत्व र एमालेको भावी योजनाका बारेमा सम्बोधन गर्नुभएको थियो ।

नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन भएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० को समापनपछि नेपाली समाजलाई निम्नअनुसार सकारात्मक सन्देश दिन यो यात्रा सफल भएको भन्न सकिन्छ ।

१. एमाले नै राष्ट्रिय राजनीतिको मुल शक्ति हो भन्ने शन्देश सबैमा गएको छ ।

२. एमाले नै राष्ट्रको अभिभावक हो भन्ने सन्देश गएको छ ।

३. एमाले नै सबैको आत्मसम्मान गर्ने पार्टी हो भन्ने सन्देश गएको छ ।

४. एमालेले नै राष्ट्रियताको रक्षा गर्छ भन्ने सन्देश गएको छ ।

५. एमालेले नै राष्ट्र निर्माणको मार्गचित्र कोर्न सक्छ भन्ने सन्देश गएको छ ।

६. एमालेले नै सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्छ भन्ने सन्दे गएको छ ।

७. एमालेले नै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सक्छ भन्ने सन्देश ।

८. समग्र देशको विकास गर्ने शक्ति एमालेसँगै छ भन्ने सन्देश ।

९. एमाले नै आशा, भरोसा र सबैको विश्वासको केन्द्र हो भन्ने सन्देश गएको छ ।

(लेखक नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका उपसचिव हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?