अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु

अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीलाई बेवास्ता गर्दै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार इजरायल रक्षा बल (आईडीएफ) लाई रफाहमा आक्रमण गर्न आदेश दिए । आइतबारदेखि सोमबार साँझसम्म राफाहमा भएको यस आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।

आक्रमणपछि इजिप्टले इजरायलसँगको दशकौं पुरानो शान्ति सम्झौता अन्त्य गर्दै सैन्य हस्तक्षेपको धम्की दिएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले चिन्ता व्यक्त गरेका छन् । यसबारे डब्ल्यूएचओले गाजाका लाखौं जनताको अन्तिम गन्तव्य राफाह भएको बताएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले सोमबार इजरायली प्रधानमन्त्री नेतन्याहुलाई युद्धविरामको लागि अपील गर्दै रफाहमा इजरायली हमलापछि गाजाका जनतासँग अब टाउको लुकाउने ठाउँ नरहेको बताए ।

इजिप्टले इजरायलले यहाँ आक्रमण गरे ४० वर्ष पुरानो शान्ति सम्झौता तोडिने चेतावनी दिएको थियो जसमा इजिप्टले इजरायलविरुद्ध सैन्य हस्तक्षेप नगर्ने वाचा गरेको थियो । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतन्याहुलाई बिना सोचेर रफाहमा आक्रमण नगर्न भनेका थिए ।

अर्कोतर्फ नेदरल्याण्डको एक अदालतले इजरायललाई एफ–३५ पार्टपुर्जा नदिन आदेश दिएको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्क भन्छन् ‘गाजामा सम्भावित पूर्ण इजरायली सैन्य घुसपैठ भयानक छ, किनकि लगभग १।५ मिलियन प्यालेस्टाइनीहरू भाग्नको लागि अरू कतै ठाउँ छैन । ठूलो संख्यामा सर्वसाधारण मारिने र घाइते हुने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?