नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा बनाएर अलआउट भयो ।

नेपालका लागि भीम सार्कीले ४४, कुशल मल्लले १५ रन, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।

ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए ।

चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका तर उनी अर्को रन थप्न नसकी १३ बलको सामना गरेर बोल्ड भए ।

ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए ।

यस्तै खेलमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए । ८।१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?