आईसीसी क्रिकेट विश्वकप लिगः २ – नामिबियासँग भिड्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिगः २ – नामिबियासँग भिड्दै नेपाल


काठमाडौ । आईसीसी क्रिकेट विश्व कप लिग-२ को पहिलो शृंखला बिहीबार ९आज०देखि नेपालमा सुरु हुँदैछ। शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन्।
नेपालको पहिलो खेल नामिबियासँग छ। यो नै लिग २ को पहिलो खेल हो।

त्यसपछि नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग(२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिनेछन्। आज खेल बिहान ९ स् ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग-२ को यो दोस्रो संस्करण हो।

लिग-२ शृंखला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० का अनुसार, लिग(२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन्। पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए।

लिग-२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो। सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ।

यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

क्यानले घोषणा गरेको टोलीमा यू-१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ। लिग-२ शृंखलाका लागि यसअघि घोषित टोलीमा यी दुईलाई समेटिएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?