कपिलबस्तु दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलबस्तु दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते


लुम्बिनी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनाका सबै मृतकहरुको सनाखत भएको छ।

मृतकमध्ये ७ जना पुरुष र ३ महिना छन्। सुनौलो महाकाली यातायातले सन्चालन गरेको सु प ९ प्र९०२९००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।

दुर्घटनाबाट ३० जना घाइते भएको छन्। घाइतेहरूको बुटवल र कपिलबस्तुमा उपचार भइरहेको छ। ल्ला प्रहरी कार्यालय कपिलबस्तुले दिएको जानकारी अनुसार मृतक सबैको सनाखत भएके हो।

मृतकहरुको नामावली
१. रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी
२. सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत ४१ बर्षका अर्जुन कुमार योगि
३. भारत उत्तरप्रदेश मुरदाबादका बर्ष ५५ का सकिल मुसलमान
४. महेन्द्रनगर १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी
५. भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी
६. भिमदत्त नगरपालिका १६ कन्चनपुर सन्जु थापा
७. भिमदत्त नगरपालिका, कञ्चनपुर निवासि बर्ष २७ की खगेश्वरी खाती
८. भिमदत्त नगरपालिका २ कञ्चनपुर निवासी बर्ष २२ का सुदीप भट्ट
९. पुर्नवास ९ बिसफाटा कञ्चनपुरका अन्दाजी ७० बर्षकी विमलादेवी भट्ट
१०. पुर्नवास ९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० बर्षका विशनदत्त भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?