नेपाल निजामति कर्मचारी पाँचथरमा राई

नेपाल निजामति कर्मचारी पाँचथरमा राई


फिदिम । नेपाल निजामति कर्मचारी संगठन पाँचथरको अध्यक्षमा मिलन राई चयन भएका छन् । बुधबार सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट राईको अध्यक्षतमा १९ सदस्यीय समिति गठन गरेको हो ।

पाध्यक्ष सुवर्ण केदेम र जुनिका वनेम, सचिव प्रदिप अधिकारी, सहसचिव भेषराज थापा, कोषाध्यक्ष ज्ञान बहादुर अधिकारी यसरीनै सदस्यहरुमा चन्द्र प्रकाश राई, गोपी बहादुर नेपाली, रबि कुमार ठाकुर, इमरान आलम, बिनाय किशोर सिंह, कमला देवी तिम्सिना, सपना सम्बाहाम्फे, वेद प्रसाद मिश्र, निर्मल खाति, दिलमान योङहाङ लगायतका पदाधिकारी चयन भएका छन्।

लेखापरीक्षण आयोगमा प्रकाश तामाङ निर्बाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा पदम बहादुर नेम्बाङ, सुरेन्द्र भण्डारी, शुसिला सुवेदी र तिर्थराज मिश्र चयन भएका छन् ।

त्यसरी नै प्रदेश प्रतिनिधिमा सरस्वती सिवाकोटी ,कुमार बस्नेत , जयराम दाहाल , ढुण्डिराज दुलाल र यामप्रसाद लुइँटेल सर्ब सम्मत रुपमा चयन भएका छन् ।

संगठनका अध्यक्ष तिर्थ मिश्रको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहमा एमाले जिल्ला अध्यक्ष बिष्णुप्रसाद साप्कोटा, संगठनका केन्द्रीय सदस्य प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चाजै अइन्द्र सुन्दर नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेम्बाङले नवनिर्वाचितहरुलाई सफल कार्यकालको शुभकामना दिदै कर्मचारी सदैव जनताकाकाम मा तल्लिन भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?